काठमाडौं महानगरपालिकाको बजेट संशोधनसहित पारित

आगामी आर्थिक वर्षका लागि काठमाडौं महानगरपालिकाको बजेट संशोधनसहित पारित भएको छ। महानगर प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट संशोधनसहित सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन्।

काठमाडौं महानगरपालिकाले गत असार १० गते २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको थियो।

शुक्रबार बसेको महानगरको नगरसभामा सदस्यहरुले सुझाव पेस गरेका थिए। उनीहरुले फोहोरमैला व्यवस्थापन, ढल व्यवस्थापन, वृद्धभत्ता, सडक लगायतका विषयमा कुरा उठाएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार