ठमेलको एक होटलमा २६ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

ठमेलको एक होटलमा २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–१४ घर भएका टिकाराम नेपाली छन् ।

सामाखुसी बस्ने नेपालीले युवतीलाई ठमेलको एक्सेस होटलमा बोलाएर ३ घण्टासम्म बलात्कार गरेको पीडितको आरोप छ । बिहिबार राति आरोपीलाई होटलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । टिकाराम र पीडित युवती पूर्व परिचित हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार