४ वर्षदेखि संसदमा अड्किएको नागरिकता विधेयक फिर्ता

काठमाडौं । संसदमा २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठक गृहमन्त्री वालकृष्ण खाणले मन्त्रिपरिषदको निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरे ।

प्रस्ताव उपर छलफलमा भाग लिँदै सांसदहरुले फिर्ता लिन हुने र नहुने दुबै पक्षबाट मत प्रकट गरे । ४ वर्षसम्म संसदमा सहमति जुट्न नसकेको विधेयक फिर्ता लिएर नयाँ ल्याउँदा अहिलेकै कार्यकालमा कानुन बनाउन सकिन्छ ? भनेर प्रश्न गरे ।

जवाफ दिँदै गृहमन्त्री खाँडले आजै बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ विधेयक ल्याउने भन्दै विचाराधीन विधेयक फिर्ता लिइएको बताए । त्यसपछि सरकारले प्रस्तुत गरेको विधेयक फिर्ताको प्रस्ताव संसदले बहुमतले पारित गर्‍यो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार