न्यायाधीश शाहलाई बर्खास्त गर्ने न्यायपरिषद्‍को निर्णय

न्याय परिषद्ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणु साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको छ । न्याय परिषद्को शुक्रबारको बैठकले २०७५ सालमा उच्च अदालतमा नियुक्त भएकी साहले निरन्तर वकालत गरेको समयावधी १० वर्ष नपुगेको भन्द बर्खास्त गरेको हो ।साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् ।

उच्च अदालतमा नियुक्त हुन १० वर्ष निरन्तर कानुन व्यवसायमा रहेको हुनुपर्ने प्रावधान भए पनि सीटीईभीटीमा कार्यरत साहलाई न्यायाधीश बनाइएको थियो । उनको अयोग्यतमाथि प्रश्न उठेपछि परिषद्ले छानबिन गरेर अयोग्यता ठहर गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार