‘परदेशी –२’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘परदेशी –२’को टिजर सार्वजनिक गरिएको छ ।शुक्रबार दिउँसो ‘रीमा ईन्टरटेन्मेन्ट’ युट्युवमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत तय गरेको हो ।

दशैंको टिकाको पाँच दिनअघि असोज १४ गतेबाट चलचित्रले प्रदर्शन थालनी गर्ने भएको छ । २ मिनेट ३९ सकेन्डको टिजरमा चलचित्रका मुख्य कलाकारहरु अभिनेता प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, अभिनेत्रीद्धय केकी अधिकारी, वर्षा शिवाकोटीलगायतलाई प्रस्तुत गरिएको छ । ‘परदेशी–२’ लोकप्रिय गायक प्रकाशको डेब्यू चलचित्र हो ।

यसअघि ‘परदेशी’मा वैदेशिक रोजगारीको कथा बुनिएकोमा यसपटक भने नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाईएको छ । नेपाली युवापुस्ता माझ हुर्किएको विदेश सपनालाई टिजरमा प्रस्तुत गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार