आबेमाथि आक्रमण : हमलाकारी पत्रकार भएर सभामा पुगे, क्यामेराजस्तो बन्दुकले गोली हाने

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि क्यामेराजस्तो देखिने ह्यान्डहेल्ड बन्दुकले आक्रमण भएको छ । गोली हानाहानपछिको तस्बिरबाट यो खुलासा भएको हो । आक्रमणकारीले बन्दुकलाई क्यामेरा जस्तो देखिने गरी डिजाइन गरेका थिए । यसका लागि उनले बन्दुकमा कालो पोलिथिन बेरेका थिए । आक्रमणकारीले १०० देखि १५० मिटर टाढाबाट गोली चलाएको भिडियोमा स्पष्ट देखिन्छ ।

आक्रमणकारी तस्बिर खिच्ने बहानामा आबेको नजिक आएको विश्वास गरिएको छ। त्यसपछि उनले फायरिङ गरे । आबेलाई पछाडिबाट दुई पटक गोली लागेको थियो। प्रहरीले घटनास्थलबाट ४२ वर्षीय आक्रमणकारी यामागामी तेत्सुयालाई पक्राउ गरेको छ । आक्रमणकारीसँग अहिले सोधपुछ भइरहेको छ ।

गोली प्रहारपछि गम्भीर घाइते भएका आबेको निधन भएको  छ ।  आबेको नारा मेडिकल युनिभर्सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको जापानी सञ्चारमाध्यमले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार