थप ९८ जनामा कोरोनाको संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोनाको संक्रमण देखिएको छ । कूल २१ सय ५४ जनाको नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ८३ र एन्टीजेन विधिबाट १५ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ । यस्तै, यो अवधिमा २७ जना निकोसमेत भएका छन् । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार