बुढीगंगा नगरपालिकामा मतगणना जारी, मेयरमा एमालेको अग्रता

बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनको मतगणना जारी छ। वडा नम्बर १ र १० को मतगणना अहिले जारी छ । वडा नम्बर १० मा दुई सय मत गणना हुँदा एमालेले अग्रता लिएको छ।

एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँले १०० मत प्राप्त गरेका छन्। गठबन्धनबाट कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले ८८ मत प्राप्त गरेका छन्।

यस्तै, उपमेयरमा भने बराबर मत प्राप्त गरेका छन्। उपमेयरको उम्मेदवार एमालेकी माया खड्का र कांग्रेसकी रिता शाहीले ९५र९५ मत प्राप्त गरेका छन्।

बैशाख ३० गतेको निर्वाचनमा धाँदली भएको भन्दै रोकिएको निर्वाचन असार २३ गते कडा सुरक्षाका साथ शान्तिपूर्ण तरिकाले सम्पन्न भएको थियो। निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार