सबैले सहज र सरल रुपमा नागरिकता पाउनु पर्छ : भीम रावल

सांसद भीम रावलले सबै नेपाली नागरिकहरुले सहजरुपमा नागरिकता पाउनुपर्ने माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद रावलले यो सरकार काम चलाउ सरकार भएको भन्दै नेपाल नागरिकता (पहिलो संसोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव संविधान अनुकूल नभएको धारणा राखे।

‘यो काम चलाउ सरकार हो । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव संसदीय प्रतिकुल छ । यो प्रस्ताव फिर्ता ल्याइयोस् । सहज र सरल रुपमा नागरिकता पाउनुपर्छ । नागरिकता राजनीतिको हतियार र देशको अहित हुने किसिमले पाइला नचालियोस् । नागरिकतालाई राजनीतिक हतियार नबनाइयोस् ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार