वन उपभोक्ता समितिका अध्यक्षमाथि नेकपा बहुमतका कार्यकर्ताले दले कालोमोसो

डडेल्धुराको आलिताल गाउँपालिका ३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैमाथि धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले कालो मोसोदलेका छन् । लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै उक्त समूहले मडैमाथि कालोमोसो दलेको हो ।

उनले कृते कागज गरी समुदायिक वन उपभोक्ता समिति र सव डिभिजन वन कार्यालय आलिताललाई छलेर सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ खाएको बताइएको छ ।

यता डिभिजन वन कार्यालय डडेल्धुराले मडैलाई निण्न्त्रणमा लिएर अनुसन्धान समेत सुरु गरेको छ । शुक्रबार अध्यक्ष मडैसँगै सामुदायिक वन उपभोक्ता समितिका कागजपत्र नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल अधिकृत रामविचारी ठाकुरले जानकारी दिए। मडैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिभिजनल अधिकृत ठाकुरको भनाइ छ।

‘अनुसन्धान गरिरहेका छौं, मडैले २२ लाख रुपैयाँ खाएको स्विकार गरिसके। हाम्रो टोली खटिएको छ,’ उनले भने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार