प्रचण्डलाई ओलीको प्रश्न – के लागि १७ हजार मान्छे मारेको हो ?

'माओवादी जनयुद्धकाेऔचित्य माथि प्रश्न'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धले निहत्था मान्छेको हत्या र राज्यको अर्बौ क्षति पु¥याउनु बाहेक कुनै पनि औचित्य पुष्टि गर्न नसकेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले १७ हजार मान्छे मारेर माओवादीले के पायो ? भन्ने जवाफ दिनुपर्ने बताए ।

ओलीले भने, ‘माओवादीले के का लागि हतियार उठाएको थियो ? आजसम्म उसले जवाफ दिएको छैन । आजको प्रश्न सुनेर भोलि पर्सी प्रचण्डले जवाफ दिए हुन्छ । महान जनयुद्ध उनीहरुले के पाएर छाडे ? बहुदलीय व्यवस्था र विघटित संसदको पुनस्र्थापनाको लागि १७ हजार मान्छे मारेको हो ? फास्ट ट्र्याकबाट सत्तामा जानेबाहेक अरु कुनै उद्देश्य थिएन ।’

अध्यक्ष ओलीले पेरुमा साइनिङपाथ नामको माओवादीले ३५ हजार कम्युनिस्ट कार्यकर्ताको हत्या गरेर अन्तिममा आफैं सिद्धिएको उदाहरण दिँदै ओलीले नेपालमा पनि माओवादीले प्रचण्डको नेतृत्वमा एमाले र कांग्रेसका कार्यकर्ताको हत्या गरेको बताए । उनले प्रचण्डपथ भनेको देशलाई अँध्यारो र भड्कालोमा लैजाने पथ भएको भन्दै सबैले भ्रमबाट मुक्त हुनुपर्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार