पूर्वप्रधानमन्त्री भट्टराई र बालेनबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग भेट गरेका छन् । भट्टराई निवासमा पुगेका बालेनले काठमाडौंको शहरी विकास र सभ्यताको विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

छलफलमा महानगरका ढलहरु ४० वर्ष पुरानो भएकोले फेर्नुपर्ने मेयर बालेनले बताएका थिए ।उनले काठमाडौंमा सार्वजनिक सवारीलाई व्यवस्थित बनाउनको लागि एकीकृत ढंगले प्राधिकरण गठन गरेर एकद्वारा प्रणालीबाट सञ्चालन गर्ने योजना सुनाएका थिए ।

काठमाडौंको सभ्यता र विकाससँग सँगै कसरी लैजाने भन्नेबारे बाबुराम भट्टराईको रायसमेत बालेनले मागेका थिए ।भट्टराई काठमाडौं देशकै राजधानीमा युवा पुस्ताले गरेको विद्रोह सकारात्मक भएको भन्दै राजनीतिमा पढेलेखेका युवाहरु आउँदा खुशी लागेको प्रतिक्रिया दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार