प्रतियोगिता अघि टी २० विश्वकप २०२२ को ट्रफी नेपाल ल्याइने

आइसिसी टी २० विश्वकप २०२२ अघि ‘ट्रफी टुर’ सुरू भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार आजदेखि ट्रफी टुर सुरू भएको छ।

ट्रफी आगामी अगस्ट ३० मा अस्ट्रेलियाको पर्थबाट नेपालको राजधानी काठमाडौं ल्याइनेछ। आगामी अगस्ट ३० र ३१ मा ट्रफी काठमाडौंमा हुनेछ। काठमाडौंका कुन–कुन स्थानमा ट्रफी राख्ने तय भइसकेको छैन। ट्रफी नेपालबाट सिंगापुर लगिनेछ।

ट्रफी टुर विभिन्न १३ देशका ३५ स्थानमा गरिनेछ। नेपालसहित, फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर र भानुआटुमा पहिलो पटक टी–२० विश्वकपको ट्रफी पुग्न लागेको हो।

ट्रफी टुरका दौरान निश्चित फ्यानहरूलाई फोटो खिच्ने अवसर दिइनेछ। आइसिसी टी २० विश्वकप २०२२ सुरू हुन अब सय दिन बाँकी छ। अस्ट्रेलियाको सात शहरमा हुने प्रतियोगिता आगामी १६ अक्टोबरमा सुरू हुनेछ।

१३ नोभेम्बरमा हुने फाइनल खेल मेलवर्न क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा १६ टिमबीच ४५ खेल हुनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार