राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई युवालाई सुर्खेत जिल्ला अदालतले कैद र जरिवाना तोकेको छ।

जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको छ भने यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको हो।

बिहीबार उक्त फैसला भएको हो।अदालतले युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरलाई सातरसात वर्ष कैद र जनही २ लाख रुपैयाँ जरिवाना तोकेको हो। उनीहरूले पीडित राहत कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ।

यस्तै, होटल सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ भने ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार