दुई हजार बिन्दुभन्दा तल ओर्लियो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबरा दिन शुक्रबार सेयर बजार नेप्से परिसूचक १.७१ प्रतिशतले घटेको छ । शुक्रबार नेप्से ३४.७१ अंकले घट्दा १९९२.६१ बिन्दुमा बन्द भएको हो । नेप्सेसँगै सबै उपसूचक पनि घटेका छन् । व्यापार, होटल तथा पर्यटन र वित्त कम्पनी उपसूचक ३ प्रतिशत भन्दा माथिले घटेको छ ।

घटेको बजारमा शुक्रबार १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँको कारोबार भएको छ । शिवम् सिमेन्टको सर्वाधिक ५ करोड ५९ लाख ८४ हजार कारोबार हुँदा युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीको ३ करोड ९७ लाख ६७ हजारको कारोबर भएको छ।

शुक्रबार बजारमा १९० कम्पनीको सेयर कारोबार भएकोमा १७६ कम्पननीको सेयर मूल्यमा गिरावट हुँदा १४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । ग्लोबल आईएमई समुन्नती स्किल १, नबिल स्किल फण्ड लगायको मूल्य धेरै बढेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार