लामखुट्टेले टोकेका कारण महिला विमान चालकको मृत्यु

बेलायतकी एक प्रशिक्षार्थी महिला विमान चालकको लामखुट्टेले टोकेका कारण मृत्यु भएको छ ।बुरी सेन्ट एडमन्ड्स, सफोककी २१ वर्षीया ओरियाना पेपरको गत जुलाईमा बेल्जियमको एन्टवर्पमा लामखुट्टेले टोकेको पाँच दिन पछि मृत्यु भएको हो ।

सल्फोकका वरिष्ठ कोरोनर निगेल पार्स्लीले उज्ज्वल भविष्य भएकी एक युवतीको मृत्यु अति नै दुर्भाग्यपूर्ण भएको बताए ।उनलाई लामखुट्टेले दाहिने आँखा टोकेको थियो । टोकाइपछि उनको आँखा सुन्निएको थियो र यसमा संक्रमण भएपछि अस्पतालको इमर्जेन्सीमा लगिएको थियो ।

सफोल्ककी बासिन्दा उनलाई अस्पतालले एन्टिबायोटिक्स दिएर घर पठाएको थियो । यद्यपि, अस्पताल गएको दुई दिनपछि उनी बेहोस भएपछि उनका प्रेमीले पुनः अस्पताल लगेका थिए ।

बीबीसीका अनुसार उनको निधन जुलाई १२, २०२१ मा भएको थियो । त्यसदिन उनलाई लामखुट्टेले टोकेको पाँच दिन पुगेको थियो । त्यतिबेला अस्पतालले उनको मृत्युको कारण मस्तिष्कमा सेप्टिक एम्बोली बताएको थियो ।

स्ट्याफाइलोकोस एरियस नामक ब्याक्टेरियाको संक्रमणले रक्तनलीमा अवरोध हुँदा मस्तिष्कमा सेप्टिक एम्बोली हुन्छ । विशेषगरी निधारमा किराले टोक्दा यस्तो अवस्था निम्तिन्छ ।उनको मृत्युको कारणबारे गरिएको अनुसन्धानको निष्कर्ष अदालतमा पेश गरिएको छ ।

पेपर अक्सफोर्डको इजिजेट कार्यक्रममा उत्कृष्ट अङ्क ल्याएर उत्तिर्ण भएको र थप तालिमका लागि बेल्जियम गएको सफोकको कोरनर कोर्टको सुनुवाईमा बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार