बुढीगंगा नगरपालिकामा मतगणना सुरु

बाजुराको बुढीगंगा नगरपालिकामा हिजो भएको मतदानको गणना सुरू भएको छ । बिहान सर्वदलीय बैठकपछि वडा नम्बर ५ मा रहेको भानोदय माविमा गणना थालिएको हो ।

बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुन निर्वाचनको मिति तोकेको थियो ।

बिहिबार सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको थियो । यहाँ एमालेबाट प्रमुखमा रामबहादुर बानिया र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार