काँग्रेसको दक्षिणपन्थी बैसाखी फालौँ, कम्युनिष्टहरु मिलौँ : खिमलाल भट्टराई

एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले काँग्रेसको दक्षिणपन्थी वैशाखी मिल्काएर वाम पार्टीहरू मिल्नुपर्ने बताएका छन् । उनले देशलाई बर्बादीबाट रोक्न कम्युनिष्ट पार्टीहरू मिल्नुको विकल्प नभएको बताएका हुन् ।

भट्टराईले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘काँग्रेसको दक्षिणपन्थी बैसाखी फालौँ, नेपालका हामी कम्युनिष्टहरूले सोच्ने वेला आएन र ? जनता कम्युनिष्ट मिलेको हेर्न चाहन्छन् ।’

उनले कम्युनिष्टहरु नमिल्दा काँग्रेसले फाईदा लिने भन्दै यसो हुँदा देशमा संविधानको सही कार्यान्वयन नहुने, विकास र समृद्धि राष्ट्रिय स्वाधीनताको रक्षा र प्रवर्द्धन पनि नहुने भन्दै देशको अवस्था झनै वर्वादीतिर जाने उल्लेख गरेका छन् ।

‘यसको परिणाम देशमा पश्चगमनको लागि आधार तयार हुँदै जान्छ । यो अवस्थालाई हामीले टुलुटुलु हेरेर बस्न मिल्ला र ? त्यसैले काँग्रेसको दक्षिणपन्थी वैशाखी मिल्काइदिऔ र वाम मेलमिलापको आधार तयार पारौ । यसबाट नै देश र जनताको भलाई हुनेछ’, भट्टराईको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार