आबेको अवस्था गम्भीर छ, म प्रार्थना गरिरहेको छु : जापानी प्रधानमन्त्री किशिदा

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार गोली हानिएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आबेको अवस्था गम्भीर भएको जानकारी दिएका छन् ।

किशिदाले भने, ‘आबेको शीघ्र स्वास्थ्य लाभका लागि म भित्री मनदेखि प्रार्थना गरिरहेको छु । म यो हमलाको कडा शब्दमा निन्दा गर्छु । लोकतन्त्रमा यस्तो हिंसाको कुनै स्थान छैन ।’

आबे घाइते अवस्थामा बेहोस छन् ।प्रहरीले ४१ वर्षका संदिग्ध हमलाकर्तालाई पक्राउ गरेको छ । संदिग्ध हमलाकर्तालाई नाराको निशी प्रहरी स्टेशनमा लगिएको छ । जापानी मिडियाका अनुसा हमलाकर्ता मेरिटाइम सेल्फ डिफेन्स फोर्सका सदस्य हुन् ।

उनी नारा सिटीकै बासिन्दा हुन् । जापानको सरकारी मिडिया एनएचकेका अनुसार हमलाकर्ताले ह्यान्डमेड गनमार्फत् गोली हानेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार