जापानका पूर्व प्रधानमन्त्री आबेलाई गोली प्रहार गर्ने व्यक्ति को हुन् ?

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार देशको पश्चिमी हिस्सा नारामा एक सडकमा भाषण दिइरहेका बेला गोली प्रहार गरियो ।प्रहरीले ४१ वर्षका संदिग्ध हमलाकर्तालाई पक्राउ गरिसकेको छ । उनले आबेलाई गोली हानेपछि भाग्ने प्रयास समेत गरेका थिएनन् ।

संदिग्ध हमलाकर्तालाई नाराको निशी प्रहरी स्टेशनमा लगिएको छ । उनको पहिचान तेत्सुया यामागामीको रुपमा भएको छ । उनी नारा सिटीकै बासिन्दा भएको बीबीसीले बताएको छ ।

शिन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टीले आबेलाई पछाडिबाट गोली हानिएको थियो । पहिलो गोली मिस भएपनि दोस्रो गोली भने उनलाई लागेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार