आज एमओयूमा हस्ताक्षर गर्ने भनिएको सिभिल र हिमालयबीचको मर्जरमा प्रक्रियामा फेरि विवाद

हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि हुने भनिएको सम्झौता रोकिएको छ । हमालयन र सिभिल बैंक गाभ्ने तथा गाभिने प्रक्रियाको अन्तिम चरणमा भएपनि केही विषयमा कुरा नमिल्दा आज हुने भनिएको सम्झौता रोकिएको हो । स्रोतका अनुसार स्वाप रेसियो र कर्मचारी समायोजनलाई लिएर फेरी विवाद भएको छ । यि दुई बैंकबीच आज एमओयूमा हस्ताक्षर गर्ने तयारी थियो ।

‘सिभिल बैंकले हिमालयनलाई १००ः ८१ प्रतिशतको स्वाप रेसियो र कर्मचारीको हैसियत बराबर गरेर सबै हिमालयनले भनेकै हुने प्रस्ताव गरेको थियो तर, हिमालयनले अन्तिम आवरमा १००ः८१ को स्वाप रेसियो र कर्मचारीको समायोजनको कुरा यकिन नगरेपछि आजको लागि सम्झौता रोकिएको हो, आज कुरा मिल्यो भने शनिबार पनि हुन सक्छ,’ एक संचालकले बताए ।

मर्जरका लागि भएको प्रारम्भिक सहमतिअनुसार नयाँ बैंकमा सिभिल बैंकबाट कोही पनि सञ्चालक बन्ने छैनन् । प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणाले नै निरन्तरता पाउने भएका छन् । नयाँ बैंकमा वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत सिभिलका सुनील पोखरेल हुनेछन् । मर्जरपछि बन्ने संस्थाको नाम हिमालयन बैंक नै हुने छ ।

इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएको हिमालयन बैंकले इन्भेष्टमेन्ट मेगासँग मर्जमा जान थालेसँगै सिभिल बैंकसँग मर्जरको छलफल थालेको थियो । राष्ट्र बैंकले हिमालयनलाई एक वर्षको समय दिँदै अर्को वाणिज्य बैंकसँग मर्जर हुन निर्देशन दिएको थियो ।

आज कुरा मिलेमा भोलि सम्झौता हुनसक्ने बताइएको छ   ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार