आज यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

आज मुलुकभर वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि वर्षा भइरहेको छ प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश– १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश–१ र मधेस प्रदेशका एकदुई स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । ‘पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक । आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार