प्रचण्डले प्रस्ताव गरेको पोलिटव्यूरो सदस्यको नाममा विरोध, बैठक स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक एक घण्टाको लागि स्थगित भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको १२५ सदस्यीय पोलिटव्यूरोमा केन्द्रिय सदस्यहरुले विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

मापदण्डविना पोलिटव्युरो सदस्य तोकिएको भन्दै केन्द्रीय सदस्यहरुले फ्लोरबाट आपत्ति जनाएका थिए ।पोलिटब्युरो सदस्यमा दाहालसहित नारायणकाजी श्रेष्ठ‚ कृष्णबहादुर महरा‚ गिरिराजमणि पोखरेललगायत छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार