प्रचण्डकै परिवारबाट चार जना पोलिटव्युरो सदस्य

नेकपा माओवादी केन्द्रको पोलिटव्यूरो सदस्यमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारकै चार सदस्य परेका छन् ।

प्रचण्डले प्रस्ताव गरेको १२५ सदस्यीय पोलिटव्यूरोमा उनीसहित छोरी रेनु दाहाल, बुहारी वीना मगर र भाइ नारायण दाहाल छन् ।

प्रचण्डले प्रस्ताव राख्ने बित्तिकै मापदण्डविना पोलिटव्युरो सदस्य तोकिएको भन्दै केन्द्रीय सदस्यहरुले फ्लोरबाट आपत्ति जनाएका थिए । विरोध पछि बैठक एक घण्टाको लागि स्थगित भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार