कोरोना कहरबीच निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

कोरोना कहरबीच नेपाल आयल निगमले आइतबार पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेपछि लागू हुने गरि निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २र२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ रुपैयाँ कायम भएको छ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

मूल्यवृद्धि गरेको अवस्थामा समेत निगमलाई प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको दाबी गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार