न्युजिल्यान्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ

न्युजिल्यान्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–७ घर भएकी २७ वर्षीया शोभा पौडेललाई पक्राउ गरेको हो।

सिन्धुलीको दुधौली नगरपालिका–१ बंका घर भएका ३१ वर्षीय नारायण बोगटीसहित ९ जना व्यक्तिलाई न्युजिल्यान्ड पठाउने भन्दै ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

न्युजिल्यान्ड जानका लागि प्रतिव्यक्ति १२ लाख ५० हजार रुपैयाँ लाग्ने र १ लाख ७० हजार रुपैयाँसम्म तलब हुने भन्दै रकम उठाएर ठगी गरेको पाइएको प्रहरीले जनाएको ।

यसरी उनले ६३ लाख २० हजार रुपैयाँ लिएर ठगी गरेको आरोप छ। पक्राउ परेकी पौडेललाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार