अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै शर्माले छानबिन समितिलाई अनुसन्धान गर्न सहयोग गर्ने भन्दै राजीनामा दिएको बताएका हुन् ।

प्रमुख प्रतिपक्ष दल एमालेले उनको सम्बोधन बहिष्कार गरेको थियो । अर्थमन्त्री शर्माले राजीनामा माग्ने नागरिक समाजलाई धन्यवाद दिए तर आफूले कुनै गल्ती नगरेको बताए ।

उनले थपे, ‘मैले तपाईँहरूको आवाजलाई सम्मान गरेर राजीनामा दिएको छु । छानबिनले ल्याएको सत्य तथ्यका अगाडि उपस्थित भएर आफ्नो अभियानलाई अगाडि बढाउँदै देश र जनताको पक्षमा लागिरहनेछु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार