नबिल बैंकको वेबसाइट मार्फत नबिल आइकार्डको निवेदन गर्न पाइने

नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत नबिल आइकार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।

यस सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहकहरुले बैंकको वेबसाइटमा https://nabilbank.com/en/personal/card-e-banking/products/nabil-icard गइ ‘एप्लाई नाओ विकल्प छानि नबिल आइकार्डको लागि निवेदन दिइ  आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन ।

यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैसँग सन्दर्भ गर्न सक्दछन् । थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा केन्द्रमा ०१–५९७००१५० सम्पर्क गर्न सक्नेछन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आङ्खनो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नयाँ सविधा ल्याएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार