अर्थमन्त्रीमाथि छानबिन गर्न गठित विशेष समितिमा को–को छन् ? (सूचीसहित)

समितिले १० दिनमा प्रतिवेदन बुझाउने

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकले समिति गठन गरेको हो । बैठकमा सभामुख अग्नि सापकोटाले संसदीय छानबिन विशेष समिति गठन गर्न प्रस्ताव गरेका थिए । समितिमा एमालेबाट ४, कांग्रेस र माओवादीबाट २, २ तथा जसपा, लोसपा र एकिकृत समाजवादीबाट एकएकजनाको सहभागी छन् ।

समितिमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुषाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो र सुरेन्द्रप्रसाद यादव रहेका छन् । समितिले १० दिनमा प्रतिवेदन बुझाउने छ । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि अर्थमन्त्री शर्मामाथि छानबिन गरिने भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार