अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन

एमालेबाट ४ जना सदस्य रहने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति गठन भएको छ ।प्रमुख विपक्षी नेकपा एमालेको माग बमोजिम समिति गठन भएको हो ।

समितिमा संसद्को एमालेबाट ४ जना, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना सदस्य रहनेछन् ।

जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक जना रहने बताइएको छ । समितिको संयोजक सदस्यहरूबाट चयन हुने समझदारी भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार