नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा, काठमाडौंमा भरत बोहोरा

नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ ।

यस्तै मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, लागुऔषध नियन्त्रण ब्युरोमा विकास खनाल, अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी र लागू औषध नियन्त्रण ब्युरोमा विकास राज खनाल सरुवा भएका छन् ।

यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी जनक भट्टराई सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार