नेताहरु अर्थमन्त्री प्रकरणमा व्यस्त भएपछि माओवादी केन्द्रीय समिति बैठक सर्‍यो

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ । आज बस्ने भनिएको बैठक बस्दै नबसी भोलिसम्मका लागि सारिएको हो ।

अब केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजे बस्नेछ । नेतृत्व टिम संसद् बैठकमा सहभागी बन्नुपर्ने भएकोले बैठक सरेको उनले बताए । आज प्रतिनिधि सभा बैठक बस्दै छ । बिहान ११ बजे बस्ने भनिएको संसद् बैठक पनि हालसम्म बस्न सकेको छैन ।

बजेट निर्माणमा अनधिकृत मान्छे अर्थ मन्त्रालयमा प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बोल्न खोजेका थिए । तर एमालेले बोल्न नदिने अडान राखेपछि बैठक दिउँसो दुई बजेसम्मलाई स्थगित भएको छ । आज बिहानैदेखि माओवादीका नेताहरु अर्थमन्त्री प्रकरणबारे छलफलमा व्यस्त छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार