अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन हुने

अर्थमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको शर्त

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ । एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन हुने भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री शर्माले बजेट निमार्णका क्रममा नीतिगत भ्रष्टाचार गरेको भन्दै छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग गरेको थियो । त्यसै अनुसार समिति गठन हुने भएको हो । एमालेले भने संसदीय छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने शर्त राखेको छ ।

संसदीय छानविन समिति ६ सदस्यीय हुने बताइएको छ । समिति गठनमा सहमति भएपनि दलीय प्रतिनिधित्वबारे टुंगो लागिनसकेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार