अर्थसचिव मधुकुमार मरासिनी बसे बिदामा

अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बुधबारदेखि लागू हुने गरेर मरासिनी बिदामा बसेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो ।

बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएका थिए ।

बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न भएको तथा बजेट निर्माण हुने समयमा सीसीटिभी फुटेज डिलिट भएपछि अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव विवादमा छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार