संसद बैठक रोकेर सभामुख दलहरुसँगको परामर्श

काठमाडौं । ११ बजेका लगि बोलाइएको प्रतिनिधिसभा बैठक डेढ घण्टा बित्दा समेत सुरु हुन सकेको छैन । बजेट निर्माणका सवालमा प्रमुख प्रतिपक्षले प्रश्न उठाएपछि अर्थमन्त्री शर्माले आज बस्ने संसद बैठकमा आफ्नो धारणा राख्ने तयारी छ ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई रोष्ट्रममा बोल्न नदिने जनाएको छ । बैठक रोकेर अहिले सभामुख अग्नि सापकोटाको कार्यकक्षमा सबै दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । अर्थमन्त्री जनादर्न शर्माको दल माओवादी केन्द्र छानबिन समिति बनाउन सहमत देखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार