सांसदहरु बेलैमा पुग्दैनन्, सधै ढिला सुरू हुन्छ संसद बैठक

प्रतिनिधिसभाको बैठक बुधबार विहान ११ बजेका लागि बोलाइएको भए पनि निर्धारित समयमा सुरु हुन सकेको छैन । सांसद र मन्त्रीहरू नै निर्धारित समयभन्दा १५ मिनेट अघि नै बैठकमा पुग्नुपर्ने प्रावधान छ । तर सांसद र मन्त्रीहरु बैठकको निर्धारित प्राय जसो बैठकमा समयमा नै पुग्दैनन् ।यसरी सरकारको उच्च तहबाटै ढिलासुस्ती हुँदा आम जनतामा निराशा हुने गरेका छन् ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग तेस्रो वार्षिक प्रतिवेदन, २०७८ पेस गर्ने कार्यसूची रहेको छ। त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले पनि आफ्ना कुरा संसदमा राख्दै छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार