अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरौँ : कांग्रेस उपसभापति

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे र अर्थमन्त्रालयको सीसीटीभी फुटेज मेटाइएकोबारे व्यापक विरोध भइरहेका बेला प्रधानमन्त्रीनिकट मानिने कांग्रेस उपसभापति खड्काले विगतका परम्परामा टेकेर संसदीय छानबिन समिति गठनको माग गरेका हुन् ।

बुधबार सामाजिक सञ्जालमार्फत् बजेट निर्माणको क्रममा बिचौलियलालाई प्रवेश गराएकोु विषय संसद् र जनतामा समेत चासोको विषय बनिसकेकोले विश्वाशिलो तिरकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गर्नुपर्ने बताए । यसबारे ढिलो नगरी आजै संसदीय समिति बनाएर टुंगो लगाउनु पर्ने उनको भनाइ छ । आजै प्रतिनिधि सभा बैठक बस्दै छ ।

‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद् र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ । विगतमा पनि संसदको यस्तो परम्परा छ ’, उनले लेखेका छन्, ‘बरु ढिलो नगरौं संसदबाट आजै संसदीय समिति निर्माणको टुंगो लगाउँ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार