अर्थमन्त्री शर्माले संसदमा आफ्ना कुरा राख्दै

अर्थमन्त्री जनार्दन शर्माले बुधबार संसदमा आफ्ना कुरा राख्ने भएका छन्। प्रतिनिधि सभाको बैठक अहिले ११ बजे बस्दैछ। सोही बैठकमा शर्माले आफ्ना कुरा राख्न लागेको उनीनिकट स्रोतले जानकारी दियो।

आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ।बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएको छ।

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बुधबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकपछि शर्माले संसदबाट आफ्ना कुरा राख्न लागेका हुन्। बैठकमा सहभागी माओवादी नेता हरिबोल गजुरेलले अर्थमन्त्री शर्माले आज आफ्नो कुरा राख्ने र त्यसपछिको अवस्था हेरेर अघि बढ्ने तयारी रहेको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार