बिरामीका लागि अस्पतालले नै अक्सिजनको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोडिभ–१९ का बिरामीका लागि अस्पताललाई नै अक्सिजनको व्यवस्था गर्न निर्देशन जारी गरेको छ । आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अबदेखि अस्पतालले नै अक्सिजनको व्यवस्था गर्नुपर्ने निर्देशन जारी भएको बताए ।

यसअघि कतिपय अस्पतालले थप बिरामीलाई नलिने सूचना जारी गरेका थिए भने कतिपयले बिरामीका आफन्तलाई अक्सिजन ल्याउन लगाउने गरेका थिए । बिरामीका लागि अस्पतालले नै अक्सिजनको व्यवस्था गर्नुपर्ने र बिरामीका आफन्तलाई ल्याउन भन्न नमिल्ने प्रवक्ता गौतमले बताए । उनले अक्सिजन आपूर्तिलाई सहज बनाउने पनि काम भइरहेको जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार