किसानलाई मल दिने मेरो पहिलो प्राथमिकता हो : नवनियुक्त कृषि मन्त्री

नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताए ।

उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पुर्‍याउनु भएको बताए । उनले बाँकी कामहरू मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिए।

मन्त्री यादवले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको शपथ लिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार