काठमाडौंका अधिकांश पानीको स्रोतमा हैजाका जीवाणु, १९ जनामा संक्रमण पुष्टि

संक्रमण फैलने जाेखिम, सावधानी अपनाउन अनुराेध

काठमाडौं । काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या १९ पुगेको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मा बस्ने ४ र ६ बर्षका बालकमा हैजा पुष्टि भएसँगै संक्रमतिको संख्या १९ पुगेको हो ।

हैजा संक्रमित हुनेमा १४ जना पुरुष र ५ जना महिला छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १४ बर्षमुनिका तीन बालबालिकामा संक्रमण पुष्टि भइसकेको छ । कागेश्वरी मनोहरामा तीन जना, बागबजार र कालीमाटीमा दुई–दुई जना हैजाका बिरामी भेटिएका छन् ।

त्यसैगरी, सानेपा, डिल्लीबजार, कपन, बालाजु , बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी , कीर्तिपुर, टेकु, कागेश्वरी मनहरा र ग्वार्कोमा एक–एक जनामा हैजा संक्रमण देखिएको छ । सोमबार दिउँसोसम्म एक जनामात्रै उपचाररत छन् ।

यस्तै काठमाडौं उपत्यकाका धारा र इनारको पानी, ट्याङ्करबाट वितरण गरिने र जारको पानीमा इकोलाई र कोलिफर्म देखिएको छ । इकोलाई मानिसको दिसामा हुने जीवाणु हो । यसलाई झाडापखालाको एउटा प्रमुख कारक मानिन्छ ।

पाटन अस्पतालका मेडिकल विभागका प्रमुख तथा पेट रोग विशेषज्ञ डा. युवराज शर्मा काठमाडौं उपत्यकाको पानीका स्रोतहरुमा हैजाका जीवाणु रहेको बताउँछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार