धनगढी उपमहानगरको नगरसभामा तनाव

कैलाली । धनगढी उपमहानगरको नगरसभामा तनाव भएको छ । आठौं नगरसभाको तेस्रो बैठकमा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाहविना नै बजेट पुस्तिका प्रकाशित गरेको भन्दै विरोध जनाएपछि तनाव भएको हो ।

उपमेयरको विरोधपछि नेकपा (एमाले) र नेकपा (मााओवादी केन्द्र)का जनप्रतिनिधिले कुर्सी फालाफाल गरेका हुन् ।बैठकस्थलमा कुर्सी फालाफालसँगै होहल्ला भएपछि बैठक अवरुद्ध भएको थियो ।

यसबारेमा मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जवाफ दिए पनि आफूलाई चित्त नबुझेको उपमेयर रानाले बताइन् ।नेपाली कांग्रेसका जनप्रतिनिधिले भने मेयर गोपाल हमालले ल्याएको बजेट पुस्तिको समर्थन गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार