नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार बिहान आयोजित एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ३ मन्त्रीलाई शपथ गराएकी हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उपस्थित भएका थिए ।

जसपाबाट मृगेन्द्रकुमार सिंह कृषि, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार र प्रदीप यादव वनमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्रीले सोमबार मन्त्रिपरिषद पुनर्गठन गरेका थिए। उनले जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

जनता समाजवादी पार्टीले नेताहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ नेताहरुलाई मन्त्रिपरिषदमा पठाएको हो । यसअघि नेकपा एकीकृत समाजवादीले पनि मन्त्री हेरफेर गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार