टाउकोको मूल्य तोक्ने र टाउकोमा बम हान्ने दुवै मिलेर देश लुट्दै छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टाउकोको मोल तोक्ने र अर्काको टाउकोमा बम हान्ने दुवै पक्ष मिले पनि युद्ध पीडितको समस्या समाधान हुन नसकेको बताएका छन् । ओलीले बम हान्ने र टाउकाको मोल तोक्ने दुवै देश लुट्ने र युद्ध पीडितलाई झन् पिडा दिने खेलमा संलग्न रहेको आरोप लगाए ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘हिजो टाउको मोल तोक्ने र टाउकोमा बम हान्नेहरू मिलेर देश लुट्ने ? अनेक सपना देखाएर लडाइमा धकेलिए लडाकुहरूलाई केही गर्न नपर्ने ? काले काले मिलेर भाले खाने,गठबन्धन टिकाउने बाहेक संक्रमणकालीन न्यायको काम खोइ ?’

ओलीले टाउको मोल तोक्ने शेरबहादुर देउवा र बम हान्ने प्रचण्डलाई लक्षित गर्दै दुवै नेताको एक मात्र उद्देश्य हानिकारक गठबन्धन टिकाउनेबाहेक केही नरहेको आरोप लगाए । ओलीले आफ्ना पालामा संक्रमणकालीन न्याय निरूपणको काम टुंगिन लाग्दा जस एमालेले लिन्छ भनेर अहिले सरकारमा हुनेहरूले काम हुन नदिएको आरोप लगाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार