प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने प्रणाली लागू गरौं : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुने प्रणाली कायम गर्नुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिक अस्थिरता बढ्दै गएको भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने उल्लेख गरेका हुन्।

स्थिरता र बलियो सरकारको चाहना बमोजिम नागरिकले तत्कालीन नेकपालाई झण्डै दुई तिहाइ मत दिए पनि सरकार तीन वर्ष टिक्न नसकेको उनको भनाइ छ। अस्थिरताकै कारण आलोपालो मन्त्री बन्ने प्रथा चलेको उनले उल्लेख गरेका छन्।

‘स्थिरता र बलियो सरकार भए देश विकास हुन्छ भन्ने आशमा जनताले नेकपालाई करिब दुईतिहाइ सिट दिए। तर सरकार तीनवर्ष पनि टिक्न सकेन।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘परमादेशबाट सरकार बनेको छ, नेकपा तीन टुक्रा भयो, आलोपालो मन्त्री बन्ने प्रथा चल्यो। यस्ता विकृति अन्त्य गर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली कायम गरौँ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार