इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु

उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी फुट्दा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन्। सो दुर्घटना भेनेटोको क्षेत्रमा उच्च तापक्रम वृद्धि भएको भोलिपल्ट भएको थियो । यस क्षेत्रका केही भागहरू समुद्री सतहमा ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) पार गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

मार्मोलाडाको शिखरमा तापमान लगभग १० डिग्री सेल्सियस (५० डिग्री फरेनहाइट) थियो । सामान्यतया आल्प्सको अग्ला चुचुराहरूमा तापक्रम वर्षैभरि ० डिग्री सेल्सियस (३२ डिग्री फरेनहाइट) भन्दा कमी रहन्छ।
इटालीको नहर शहर क्षेत्र भेनेटोमा नागरिक सुरक्षाका क्षेत्रीय काउन्सिलर जियानपाओलो बोटासिनका अनुसार, मृतक र बेपत्ता भएका भनिएका बाहेक कम्तीमा पनि आठजना घाइते भएका छन् जसमा एक जनाको अवस्था गम्भीर छ।
मारमोलाडाको चुचुरो समुन्द्र सतहबाट ३,३४३ मिटर (लगभग ११,००० फिट) उचाइमा छ । दुर्घटना दिउँसो १।४५ बजे भएको थियो । उक्त हिमनदीमा रहेको आइस शेल्फ भत्किँदा हिउँ, बरफ र चट्टानको पहिरोले पर्वतारोही र पदयात्रीहरूको थुप्रै समूहलाई घेरेको थियो । उक्त क्षेत्रमा थप पहिरोको जोखिम रहेको अधिकारीहरुले बताएका छन् ।

घाइतेहरूलाई बेलुनो, ट्रेभिसो, ट्रेन्टो र बोलजानो शहरका नजिकैका अस्पतालहरूमा लगिएको छ । उद्धारकर्ताहरूले हेलिकप्टर, सिकारी कुकुरहरू र अत्याधुनिक ग्लोबल पोजिसनिङ प्रविधिहरू प्रयोग गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार