नेकपा एसको सचिवालय बैठक जारी, बागमती छोड्नु परे सुदूरपश्चिमा दाबी गर्ने

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ। कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा जारी बैठकमा बागमती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तनको विषय प्रमुख एजेन्डाका रूपमा छ।

यसअघि भएको सहमति अनुसार बागमतीमा मुख्यमन्त्री पद छाड्नुपर्ने दबाब एकीकृत समाजवादीलाई छ। सहमति पालना नगरे अविश्वास प्रस्तावबाट भए पनि मुख्यमन्त्रीबाट राजेन्द्र पाण्डेलाई हटाउने तयारी सत्ताघटक कांग्रेस र माओवादीले गरिरहेका छन्।

तर बागमतीको मुख्यमन्त्री सजिलै त्याग्ने पक्षमा समाजवादी छैन। मुख्यमन्त्री पाण्डेले पद जोगाउन एमालेसँग पनि संवाद अगाडि बढाएका छन् । एसले बागमतीको मुख्यमन्त्री छोड्नुपरे सुदूरपश्चिमको मुख्यमन्त्री चाहिने अडान लिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार