गृहमन्त्री खाण र नवनियुक्त भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेटघाट गरेका छन् ।गृहमन्त्रालयमा आज बिहान भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउने बारे कुराकानी भएको मन्त्रालय स्रोतले जनाएको छ ।

खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरणका लागि आग्रहसमेत गरे ।

राजदूत श्रीमावस्तवले पहल गर्ने आश्वासन दिएका छन् ।भर्खरै जिम्मेवारी सम्हालेका राजदूत श्रीवास्तव केही दिनदेखि राजनीतिक तथा उच्च अधिकारीसँगको भेटघाटमा व्यस्त छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार