आज सुनचाँदीको कारोबार कतिमा हुँदैछ ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य स्थिर रहेर सोमबार पनि सोही मूल्यमा कायम भएको छ । तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी सोमबार चाँदी पनि स्थिर रहँदै प्रतितोलामा एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार