प्रधानमन्त्री कार्यालयमा ओली–नेपालबीच भेटवार्ता सुरु

Sunrise Bank Middle Size

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्रीको कार्यकक्षमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री नेपालबीच साढे १ बजेदेखि भेटवार्ता भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार पार्टी विवाद हल गर्ने गरी कार्यदल सदस्यको नाम टुंग्याउन ओली र नेपालबीच भेटवार्ता भएको हो ।

ओली र नेपालबीच पार्टीलाई २०७५ जेठ २ को वरपरको अवस्थामा फर्काएर विभाजनउन्मुख अवस्थालाई रोक्ने उद्देश्यले वार्ता भइरहेका छन् । शुक्रबार साँझ सिंहदरबारमा एमालेका दुई पक्षबीच भएको बैठकले कार्यदलको नाम टुंग्याउन अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई जिम्मा दिएको थियो ।

वार्तामा ओली पक्षबाट ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, विष्णु रिमाल थिए । त्यस्तै नेपालपक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त वार्तामा बसेका थिए । त्यस दिनको वार्तामा पूर्वमाओवादी समूहका थापासमेत सहभागी भएपछि नेपाल पक्षका नेताहरूले ओलीमाथि आशंका व्यक्त गरेका थिए ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...